Logo

गभर्नरले भने, ‘नेपाल आउने पर्यटकमध्ये ५० प्रतिशतले पूँजी बजारबाट कमाएको पैसा खर्च गर्छन

गभर्नरले भने, ‘नेपाल आउने पर्यटकमध्ये ५० प्रतिशतले पूँजी बजारबाट कमाएको पैसा खर्च गर्छन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल आउने पर्यटकमध्ये ५० प्रतिशत आफ्नो देशमा पूँजी बजारबाट कमाएको पैसा लिएर घुम्न आउने गरेको बताएका छन् । विशेषगरी विकसित देशबाट आउने ५० प्रतिशतभन्दा बढि पर्यटकहरु पूँजी बजारबाट कमाएको पैसा खर्च गर्न आउने गरेको उनको भनाई थियो ।

नेपालमा पूँजी बजार सम्बन्धी जनचेतना अभावका कारण पूँजी बजारमा नागरिकको चासो कम भएको उनको तर्क थियो । ‘विदेशमा सानै देखि बालबच्चालाई पूँजी बजार सम्बन्धी शिक्षा दिइन्छ,’ उनले भने, ‘जसले गर्दा त्यस्ता देशका पूँजी बजार दिगो र भरपर्दो हुन्छ ।’

नेपालमा पूँजी बजारको वास्तविकता बुझेर भन्दा पनि लहैहलैमा लगानी गर्दा समस्या उत्पन्न भएको उनको आरोप थियो । तसर्थ आगामी दिनमा सरोकारावाला निकायहरुले पूँजी बजार सम्बन्धी जनचेतना फैलाउनका लागि अग्रसर भएर लाग्नु पर्ने उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL