Logo

इन्भेष्टर्स फोरमका अध्यक्ष पौडेलेको आरोप, नियामकको तजविजी नीतिले पूँजीबजार धराशयी

इन्भेष्टर्स फोरमका अध्यक्ष पौडेलेको आरोप, नियामकको तजविजी नीतिले पूँजीबजार धराशयी



काठमाडौं । इम्भेष्टर्स फोरमले पूँजी बजारको विकासका लागि सरकारले दरिलो र स्थायी नीति नियम बनाउन नसक्दा दैनिक रुपमा धराशयी बन्दै गएको बताएको छ । लगानी सम्बन्धी स्थिर नीति नभएका कारण लगानीकर्ताहरु पटक पटक ‘अप एण्ड डाउन’को मारमा पर्नु परेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए ।

बैंक तथा वित्तीय संस्थाको तजबिजी अधिकारमा मार्जिन लेण्डिङ छाडिदिँदा समस्या उत्पन्न हुने गरेको उनको आरोप थियो । ‘अहिले मार्जिन लेण्डिङका १८० दिन मूल्य त्यसमा पनि के–के समेट्दै सबैभन्दा कममा दिने भनिएको छ,’ उनले भने, ‘तसर्थ राष्ट्र बैंकले ५० प्रतिशतको मार्जिन लेण्डिङको सिमा तोकेपनि लगानीकर्ता अहिले २५ प्रतिशत मात्र पाइरहेका छन् ।’

पूँजी बजारमा ठूलो आरोह अबरोह आउनुको मूख्य कारण नै नीतिगत अस्थिरत भएको उनको भनाई थियो । ‘नेपाल सरकारले पूँजी बजारलाई जुन किसिमले सम्बोधन गर्नुपर्ने हो त्यो अहिलेसम्म हुन सकेको छैन,’ उनले भने, ‘अहिले पनि पूँजी बजार भनेको सम्बृद्ध नेपालको आधार र भोलीका दिनमा ठूलो आयोजना निर्माणका लागि पूँजी जुटाउने माध्यम हो तर अहिले पनि सरकारले यस क्षेत्रलाई सोही अनुरुप सम्बोधन गर्न सकेको छैन ।’

नेपाल राष्ट्र बैंकको एकिकृति निर्देशिका हेर्ने हो भने पनि हाम्रो रिक्स वेट १५० प्रतिशत छ । त्यो लगानीकर्ताको लागि राम्रो होइन । ‘बैंक वित्तीय क्षेत्रमा बढि लगानी योग्य रकम भएको खण्डमा हामीलाई बोलाई बोलाई पैसा दिन्छन्,’ उनले भने, ‘अब तरलता संकट पर्न जान्छ अन्य क्षेत्रभन्दा पहिला हामीलाई नै चेप्न थाल्छन् जुन गैरजिम्मेवारी कदम हो ।’ सरकारले यसलाई प्राथमिकता नदिएकै कारण सबै कम्पनीको सुचकाङ्कहरु राम्रो हुँदाहुँदै पनि तरलता अभाव भएकै कारण पहिरो जान थाल्ने उनको भनाई थियो ।

कुनै पनि कम्पनीको अप्रत्यासित घटवढ हुनुमा ५०÷६० हजार कित्ता सेयर वितरण नै मुख्य कारण रहेको उनको तर्क थियो । ‘बजार बजारमा कुनै पनि कम्पनीको ५०÷६० हजार कित्ता सेयर वितरण गरिन्छ अनि त्यहि चलखेल सुरु हुन्छ,’ उनले भने, ‘जसले गर्दा सर्वसाधार तथा नबुझेरका लगानीकर्ताहरु मारमा पर्ने गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL