Logo

१२ सयमा ओर्लियो सेयर बजार

१२ सयमा ओर्लियो सेयर बजार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सोमबार सेयर बजार १२ सय अंकमा ओर्लिएको छ । आइतबार साढे ४१ अंकले ओरालो लागेको नेप्से आज १७ दशमलब ६५ ले घटेर १२ सय ८६ दशमलब ७८ अंकमा झरि बन्द भएको हो ।

बजारमा भएको ओभर सप्लाई तथा उच्च ब्याजदरका कारण सेयर बजार ओरालो लागिरहेको अवस्थामा ‘अर्थमन्त्रीको अभिव्यक्तिले समेत मलजल गरेको विज्ञहरु बताउँछन् ।

सो दिन ट्रेडिङ र होटल समुह बाहेक कारोबारमा आएका अन्य समुहको परिसुचक ओरालो लागेको हो ।

सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ११९ दशमलब २१ अंकले घटेको छ । त्यस्तै उत्पादन ४६ दशमलब ४७, जलविद्युत ४८ दशमलब ४, माइक्रोफाइनान्स ४३ दशमलब ७६, र विकास बैंकको परिसुचक ११ दशमलब ५१ अंकले ओरालो लागेको छ ।

त्यसैगरी अन्य समुह १० दशमलब १९,सेयर बजारमा बढी प्रभाव रहने बैंकिङ ९ दशमलब ८७ र फाइनान्स समुहको परिसुचक ६ अंकले घटेको छ । यता ट्रेडिङ र होटल समुह भने ६ दशमलब ८५ अंक, २ दशमलब ४८ अंकले उकालो लागेको छ ।

सोमबार १ सय ५० ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ९ लाख ७७ हजार कित्ता सेयरबाट ३९ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ४८ करोड ३९ लाख बराबरको कारोबार भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL