Logo

दोहोरो अंकले घट्यो नेप्से, २९ करोड १८ लाखमा खुम्चियो कारोबार

दोहोरो अंकले घट्यो नेप्से, २९ करोड १८ लाखमा खुम्चियो कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतबार नेप्से परिसुचक १२ दशमलब २५ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १३ सय ७४ दशमलब ७३ अंकमा झरेर बन्द भएको हो ।

होटलबाहेक कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ४५ दशमलब २७ अंकले घटेको छ ।

त्यस्तै जलविद्युत १५ दशमलब ६७, बैंकिङ १३ दशमलब ६५, विकास बैंक १० दशमलव ५, उत्पादन ५ दशमलब ५७, अन्य ३ दशमलब ९७ र फाइनान्स समुहको परिसुचक २ दशमलब ४३ अंकले ओरालो लागेको छ । यता होटल समुहको परिसुचक भने १ दशमलब ७१ अंकले बढेको छ ।

आइतबार राष्ट्रिय बीमा समितिको ५ करोड ४७ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ ।

सो दिन १४६ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ५ लाख२८ हजार कित्ता सेयरबाट २९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL