Logo

प्रधानमन्त्री ओलीलाई सेयर बजारको स्वागत, ३६ अंकले उकालो लाग्यो नेप्से

प्रधानमन्त्री ओलीलाई सेयर बजारको स्वागत, ३६ अंकले उकालो लाग्यो नेप्से


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । शेरबहादुर देउवाले राजिनामा दिएर केपी शर्मा ओली प्रधानमन्त्री बनेकै दिन नेप्से परिसुचक उकालो लागेको छ । निरन्तर ओरालो लागेको सेयर बजारले ओली नेतृत्वको सरकारलाई स्वागत गर्दै बिहीबार नेप्से परिसुचक ३६ अंकले उकालो लागेको हो ।

सो दिन सेयर बजार १४ सय २४ दशमलब ९५ अंकमा पुगेर बन्द भएको छ ।

बिहीबार कारोबारमा आएका सबै समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी २१३ दशमलब ९५ अंकले बढेको छ । त्यस्तै माइक्रोफाइनान्स ६२ दशमलब ९१, उत्पादन ५० दशमलब ७५, जलविद्युत ४९ अंकले बढेको छ ।

त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ३१ द्यशमलब ३९ अंकले उकालो लागेको छ । सो दिन होटल,फाइनान्स,अन्य र ट्रेडिङ समुहको परिसुचक क्रमशः२२ दशमलब ९६, १७ दशमलब ५५,७ दशमलब ३६ र ५ दशमलब९९ अंकले बढेको हो ।

बिहीबार कुमारी बैंक लिमिटेडको सबैभन्दा बढी ३ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६५ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १५ लाख कित्ता सेयरबाट ६६ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL