Logo

सामान्य उकालो लाग्यो नेप्से, ३१ करोड १५ लाखको कारोबार

सामान्य उकालो लाग्यो नेप्से, ३१ करोड १५ लाखको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक २ दशमलब २६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १४ सय ४ दशमलव ४९ अंकमा पुगेर बन्द भएको हो ।

बुधबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी ३५ दशमलब ९२ अंकले बढेको छ ।

त्यस्तै बीमा ३१ दशमलब ३४, विकास बैंक १० दशमलब १७, माइक्रोफाइनान्स ८,फाइनान्स ५ दशमलब ७२,ट्रेडिङ ४ दशमलब २२ र बैंकिङ समुह १ दशमलब ९७ अंकले उकालो लागेको छ ।

यता जलविद्युत, अन्य र उत्पादन समुह भने क्रमशः ८ दशमलब १,५ दशमलब ५७ र ३ दशमलब ४१ अंकले घटेको छ ।

बुधबार बुटवल पावर कम्पनीको सबैभन्दा बढी २ करोड ४२ लाख र सानिमा माई जलविद्युत आयोजनाको २ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५६ ओटा कम्पनी कारोबारमा आएका थिए ।

ती कम्पनीको ७ लाख ४९ हजार कित्ता सेयरबाट ३१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL