Logo

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, साढे ३७ लाखमा खुम्चियो कारोबार

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, साढे ३७ लाखमा खुम्चियो कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक १५ दशमलब ७८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय ४० दशमलब २९ अंकमा झरेर बन्द भएको छ ।

कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक असर परेको हो ।

सो दिन बीमा समुहको परिसुचक १६९ दशमलब ८२ अंकले ओरालो लागेको छ । त्यस्तै उत्पादन २७ दशमलब ८९, माइक्रोफाइनान्स २३ दशमलब ९७,होटल २० दशमलब २८ र विकास बैंक ११ दशमलब ४८ अंकले घटेको छ ।

त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १० दशमलब ८२, जलविद्युत ७ दशमलब ९४,अन्य ७ दशमलब ४४, ट्रेडिङ ० दशमलब ८४ र फाइनान्स समुहको परिसुचक ० दशमलब ५१ अंकले घटेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको ३८ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो दिन १५७ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १५ लाख ७४ हजार कित्ता सेयरबाट ३७ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL