Logo

साढे २१ अंकले ओरालो लाग्यो नेप्से, नेपाल लाइफ र स्ट्याण्डर्ड चाटर्डले उचाल्यो कारोबार

साढे २१ अंकले ओरालो लाग्यो नेप्से, नेपाल लाइफ र स्ट्याण्डर्ड चाटर्डले उचाल्यो कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक २१ दशमलव ५३ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय २५ दशमलब ५१ अंकमा झरेर बन्द भएको हो ।

बुधबार कारोबारमा आएको उत्पादन समुह ६ दशमलब ५२ अंकले बढेको छ । यता अन्य समुह भने ओरालो लागेको छ । सो दिन बीमा समुह सबैभन्दा बढी १३६ दशमलब ९१ अंकले घटेको छ ।

त्यस्तै विकास बैंक २४ दशमलब ६९, जलविद्युत २४ दशमलब २९, माइक्रोफाइनान्स २३ दशमलब ७२ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १७ दशमलब ८६ अंकले घटेको छ । त्यसैगरी होटल र फाइनान्स समुहको परिसुचक क्रमशः५ दशमलव ६ र ४ दशमलब ३६ अंकले घटेको छ ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी १० करोड ९९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ ।

त्यस्तै स्ट्याण्डर्ड चाटर्डको १० करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको हो । सो दिन १५६ कम्पनी कारोबारमा आएका थिए ।

ती कम्पनीको १३ लाख ६८ हजार कित्ता सेयरबाट ७६ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL