Logo

किन ओरालो लाग्दैछ नेप्से ? यसो भन्छन् लगानीकर्ता !

किन ओरालो लाग्दैछ नेप्से ? यसो भन्छन् लगानीकर्ता !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केहीदिनयता ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक मंगलबार पनि दोहोरो अंकले घटेको छ । बजार खुलेको केहीसमय सामान्य उकालो लागेको नेप्से परिसुचक त्यसयता ओरालो लाग्दै १ हजार ५ सयअंकभन्दा तल झेरेर बन्द भएको छ ।

दशैं पछि लगातार ओरालो लागेको नेप्से परिसुचक केही समयअघि सामान्य उकालो लागेर पुनः घट्न शुरु गरेको हो । राजस्व प्रशासनले ल्याएको सेयर कारोबारमा लाग्ने मूल्य अभिबृद्ध कर (भ्याट)को तरङ्ग तथा ब्याजदरको प्रभावले गर्दा पनि बजार ओरालो लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

यसैगरी सरकार गठनमा देखिएको किचलोे र अब बन्ने सरकारले पूँजी बजारलाई कुन रुपमा हेर्छन भन्ने आशंकाले गर्दा पनि बजारमा असर पारेको नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष डा. आत्माराम घिमिरे बताउँछन् ।

विशेषगरी सेयर बजार ओरालो लाग्नुमा बजारमा आएको बढ्दो सेयर फ्लो तथा उच्च ब्याजदर मुख्य कारण रहेको उनको तर्क छ । ‘अहिले बजारमा दैनिकजसो आइपीओ, हकप्रद तथा बोनस सेयर दर्ताहुने क्रम बढेको छ तर खदिकर्ता बढेको छैन,’ उनले भने, ‘बजारमा सेयर बिक्री चाप उच्च र खरिदकर्ता नहुँदा दैनिकजसो बजार घटिरहेको छ ।’

अबका दिनमा नियामक निकायले सेयर बजारमा गैर आवसीय नेपाली तथा विदेशी लगानी खुला नगरेसम्म बजार नबढ्ने घिमिरे बताउँछन् । ‘अहिले बजार घट्नुको मुख्य कारण भ्याटभन्दा पनि सेयरको फ्लो नै बढी हुनु हो,’ उनले भने, ‘बजारमा नयाँ नयाँ सेयर आउने तर खरिदकर्ता नभएपछि कसले किन्ने ?’ बजारको दायरा फराकिलो नबनाई यही अबस्थामा राख्ने हो भने अबका दिनमा अझै सेयर बजार घट्न सक्ने उनको तर्क छ ।

केही दिनयता लगातार ओरालो लागेको नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसुचक १४ शदमलव ४९ अंकले ओरालो लाग्दै १ हजार ४ सय ९४ अंकमा झरेर अडिएको छ । मंगलबार सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ६० अंकले झरेको छ । यसैगरी बैंकिङ समुहको परिसुचक ७ अंकले घट्दा उत्पादनमुलक समुहको परिसुचक १७ र माइक्रोफाइनान्स २० अंकले घटेका छन् ।

बजारमा दिनभर ६० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ६६ कम्पनीको १४ लाख ५ हजार कित्ता सेयर करोबार भए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL