Logo

३ अंकले उकालो लाग्यो नेप्से, ३५ करोडको कारोबार

३ अंकले उकालो लाग्यो नेप्से, ३५ करोडको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक ३ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १४ सय ७२ दशमलब २४ अंकमा पुगेर बन्द भएको हो ।

मंगलबार कारोबारमा आएका अधिकांश समुुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

सो दिन ट्रेडिङ समुहको परिसुचक सबैभन्दा बढी १५ दशमलब ६२ अंकले बढेको छ । त्यस्तै बीमा समुह १४ दशमलब ९५, होटल ९,जलविद्युत ६ दशमलब ६५, बैंकिङ ५ दशमलब ४९ र माइक्रोफाइनान्स ३ दशमलब २९ अंकले उकालो लागेको छ ।

यता उत्पादन,अन्य, विकास बैंक र फाइनान्स समुहको परिसुचक क्रमशः १४ दशमलब ९४, ५ दशमलब ५,३ दशमलब २३ र २ दशमलब २९ अंकले ओरालो लागेको छ ।

मंगलबार नागबेली लघुबित्त विकास बैंक लिमिटेड प्रमोटर सेयर सबैभन्दा बढी ४ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार १५९ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ८ लाख ४२ हजार कित्ता सेयरबाट ३५ करोड रुपैयाँ बराबरको कारोेबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL