Logo

साढे ६ अंकले ओरालो लाग्यो सेयर बजार, ३९ करोड ३८ लाखमा खुम्चियो कारोबार

साढे ६ अंकले ओरालो लाग्यो सेयर बजार, ३९ करोड ३८ लाखमा खुम्चियो कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक ६ दशमलब ५६ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय ६९ दशमलब १६ अंकमा झरेर बन्द भएको हो ।

कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा सोमबर समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ ।

सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी २९ दशमलब २५ अंकले घटेको छ । त्यस्तै होटल २० दशमलब ८७, जलविद्युत १३ दशमलब ७७, ट्रेडिङ ११ दशमलब ५७,माइक्रोफाइनान्स १० दशमलब ७६ अंकले घटेको छ ।

त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह ७,विकास बैंक ५ दशमलब २७ र फाइनान्स समुहको परिसुचक ४ दशमलब २३ अंकले घटेको छ ।

यता अन्य समुहको परिसुचक भने २ दशमलब ८९ अंकले उकालो लागेको छ ।

सोमबार १६० ओटा कम्पनी कारोबारमा आएका छन् । ती कम्पनीको ११ लाख ४६ हजार कित्ता सेयरबाट ३९ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL