Logo

अधिकांश समुह ओरालो लाग्दा १३ अंकले घट्यो नेप्से, साढे ४५ करोडको कारोबार

अधिकांश समुह ओरालो लाग्दा १३ अंकले घट्यो नेप्से, साढे ४५ करोडको कारोबार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । आइतबार नेप्से परिसुचक १३ दशमलब ३४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय ७५ दशमलब ७२ अंकमा झरेर बन्द भएको हो ।

कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा सेयर बजारमा नकारात्मक प्रभाव देखिएको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १३४ दशमलब ३३ अंकले ओरालो लागेको छ ।

त्यस्तै होटल ८५,माइक्रोफाइनान्स २८ दशमलब ८७, विकास बैक १७ दशमलब ६६ जलविद्युत १० दशमलब ४५ र अन्य समुहको परिसुचक ७ दशमलब ८ अंकले घटेको छ ।

त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहक ७ दशमलब ३४ र फाइनान्स समुहको परिसुचक ५ अंकले ओरालो लागेको छ । यता उत्पादन समुह भने ६ दशमलब ८२ अंकले बढेको छ ।

आइतबार एभरेष्ट बैंक लिमिटेडको सबैभन्दा बढी ७ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सो दिन १५६ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ११ लाख ५५ हजार कित्ता सेयरबाट ४५ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL