Logo

साढे १४ अंकले उकालो लाग्यो नेप्से, गुराँस लाइफको प्रमोटर सेयरले बढायो कारोबार

साढे १४ अंकले उकालो लाग्यो नेप्से, गुराँस लाइफको प्रमोटर सेयरले बढायो कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेप्से परिसुचक सोमबार पनि उकालो लागेको छ । आज नेप्से १३ दशमलब ७४ अंकले बढेर १४ सय ९० दशमलब ८८ मा पुगी बजार बन्द भएको हो ।

सो दिन कारोबारमा आएका मध्ये जलविद्युत समुहको परिसुचक सबैभन्दा बढी ७५ दशमलब ३१ अंकले उकालो लागेको छ । त्यस्तै अनय १८ दशमलब ५१,बीमा १४ दशमलब ९, उत्पादन १२ दशमलब ८, बैंकिङ १० दशमलब ९१र फाइनान्स समुहको परिसुचक १० अंकले उकालो लागेको छ ।

यता होटल र विकास बैंक समुह भने क्रमशः १२ र २ दशमलब ३ अंकले ओरालो लागेको छ ।

सोमबार गुराँस लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ११ करोड २४ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ ।

सो दिन १५८ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १७ लाख ३० हजार कित्ता सेयरबाट ७१ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL