Logo

पौने ४अंकले ओरालो लाग्दा ५४ करोड कारोबार, कसले किन्यो नेपाल लाइफको ११ करोडको सेयर?

पौने ४अंकले ओरालो लाग्दा ५४ करोड कारोबार, कसले किन्यो नेपाल लाइफको ११ करोडको सेयर?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक ३ दशमलब ८९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय ३९ दशमलब ८१ अंकमा झरेर बन्द भएको हो ।

बुधबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी २१ द्यशमलब १२ अंकले घटेको छ ।

त्यस्तै होटल ७ दशमलब ४९,विकास बैंक ६ दशमलब ८४, बैंकिङ ५ दशमलब ७२ र जलविद्युत समुहको परिसुचक ४ अंकले घटेको हो । यता ट्रेडिङ, अन्य र फाइनान्स समुहको परिसुचक भने क्रमशः २२ दशमलब ८, ६ दशमलब ३६ र १ दशमलव १५ अंकले बढेको छ ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १ सय ५८ ओटा कम्पनी कारोबारमा आएका थिए ।

ती कम्पनीको १० लाख कित्ता सेयरबाट ५४ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL