Logo

४ अंकले ओरालो लाग्यो नेप्से, कारोबार ४६ करोड ९३ लाखमा सीमित

४ अंकले ओरालो लाग्यो नेप्से, कारोबार ४६ करोड ९३ लाखमा सीमित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार नेप्से ४ दशमलब २४ अंकले ओरालो लागेको छ । बजार खुलेको केही समय बढेर १५ सय ५५ अंकमा पुगेको बजार अन्तत १५४५ दशमलब ७० अंकमा झरेर बन्द भएको हो ।

सो दिन कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव देखिएको हो ।
सोमबार बीमा समुहको परिसुचक ७९ दशमलब ६ अंकले ओरालो लागेको छ ।

त्यस्तै होटल समुह २०,फाइनान्स ५ दशमलब ८६, बैंकिङ २ दशमलब ५२,अन्य १ दशमलब ७३ र विकास बैंक १ दशमलब ६२ अंकले घटेको छ ।

यता ट्रेडिङ २० दशमलब ७, जलविद्युत १४ दशमलब ८९ र उत्पादन समुहको परिसुचक २ दशमलब ३३ अंकले बढेको छ ।

सोमबार १ सय ६१ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १० लाख कित्ता सेयरबाट ४६ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL