Logo

पोखरा फाइनान्सको एफपीओ बाँडफाँड, प्रतिव्यक्ति १० देखि ३१ कित्तासम्म

पोखरा फाइनान्सको एफपीओ बाँडफाँड, प्रतिव्यक्ति १० देखि ३१ कित्तासम्म


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पोखरा फाइनान्सले बिहीबार आफ्नो फरदर पब्लिक अफरिङ (एफपिओ) वितरण गरेको छ । फाइनान्सले आवेदन दिएका सबैलाई दामासाही एफपिओ वितरण गरेको हो ।

कम्पनीले प्रति आवेदन न्युनतम १० कित्तादेखि अधिकतम ३१ कित्तासम्म सेयर वितरण गरेको छ । कम्पनीले प्रिमियम सहित प्रतिकित्ता २ सय २० रुपैयाका दरले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ बिक्री खुला गरेको थियो ।

बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलका अनुसार कुल ४६ हजार ६ सय ८३ जना लगानीकर्ताले १० कित्तादेखि ३१ कित्तासम्म सेयर पाएका छन् । जसमा १४ हजार ९ सय ६८ जनाले १० कित्ता, १० हजार १ सय ६ जनाले आवेदन २० कित्ता सेयर पाएका छन् ।

यसैगरी गोलाप्रथाबाट १९ हजार ९ सय ७० जनाले ३० कित्ता २ जनाले ३१ कित्ता सेयर पाएका छन् । फाइनानन्सको एपपीओमा कुल ७२ करोड ६० लाख रुपैयाँको आवेदन परेको थियो । कम्पनीले न्यूनतम १० देखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । एफपीओ बिक्रीसँगै कम्पनीको चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL