Logo

लक्ष्मी लघुवित्तका लगानीकर्तालाई नगद र सेयर गरी २६ प्रतिशत बोनस

लक्ष्मी लघुवित्तका लगानीकर्तालाई नगद र सेयर गरी २६ प्रतिशत बोनस


बिजखबर संवाददाता
0
Shares

लक्ष्मी लघुवित्तले आफ्ना सेयर धनीलाई २६ प्रतिशत बोसन दिने भएको छ । कम्पनीले बोनस सेयर र नगद लाभांस गरी २६ दशमलव ३२ प्रतिशत लाभांस दिन लागेको हो ।

जस अनुसार लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र १६ दशमलव ३२ प्रतिशत नगद लाभांस दिन लागेको हो । उक्त बोसन वितरणका लागि लक्ष्मीको मंगलबार बसेको संचालक समितिको बैंठकले निर्णय गरेको हो ।

बैंकले सो लाभांस स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने भएको छ । राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी दिनमा बस्ने साधारण सभाले पारित गरेसँगै सेयर धनीलाई वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL