Logo

किन घट्यो सेयर बजार ?, यसो भन्छ, इन्भेष्टर्स फोरम

किन घट्यो सेयर बजार ?, यसो भन्छ, इन्भेष्टर्स फोरम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही दिनयता सेयर बजार लोरालो लागेसँगै नेपाल इन्भेष्टर्सले फोरमले सम्बद्ध सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । सरकारले यस अघि जाहेर गरेका प्रतिवद्धता पालना नगरेकै कारण बजारमा दैनिकजसो गिरावट आएको फोरमको निष्कर्ष रहेको छ ।

सरकारको प्रतिवद्धता अनुरुप ब्रोकरमार्फत मार्जिङ लेण्डिङको काम शुरु नहुनु, बैंकलाई ब्रोकर लाइसेन्स दिनु कुरा अघि नबढ्नु, अनलाईन कारोबारको सुनिश्चितता नहुनु, गैर आवासीय नेपालीलाई बजारमा सोझै प्रवेशको सुविधान नदिनुजस्ता कार्यले गर्दा बजारप्रति लगानीकर्ताको मनोवल घट्न गई दैनिकजसो बजार घटिरहेको इन्भेष्टर्स फोरमको आरोप छ । साथै नेपाल स्टक एक्स्चेञ्जमा लामो समयदेखि खाली रहेको महाप्रबन्ध समेत नियुक्त गर्न नसक्दा बजारमा असर परेको इन्भेष्टर्सको तर्क रहेको छ ।

यसैगरी धितोपत्र बोर्डले लगानकर्तासँग समन्वय र छलफल गरी बजार सुधारका लागि नयाँ कार्यक्रम ल्याउनुका साटो समयसमयमा उल्टै लगानीकर्ता तर्साउने काम गरेको उनीहरुको आरोप छ । यसैगरी नेपाल राष्ट्र बैंकले मार्जिन लेण्डिङमा सिमा लगाउनु, नागरिक लगानी कोषलाई बजार निर्माताको रुपमा नभित्र्याउनु, सेयर धितोकर्जाको गणनाको औसत दरलाई संकुचित पारिनुजस्ता कारणले लगानीकर्ता हत्तोसाहित भई बजारमा उच्च गिरावट आएको इन्भेष्टर्स फोरमको तर्क छ ।

साथै अहिले र्बैक वित्तीय संस्थामा अधिक तरलता रहेको र ब्याजदर पनि घट्दै गएको हूँदा लगानीकर्तालाई विचलित नहुन समेत अपिल गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL