Logo

राताम्य सेयर बजार, १६ अंकले घट्दा १५८० मा झरेर बन्द

राताम्य सेयर बजार, १६ अंकले घट्दा १५८० मा झरेर बन्द


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीबार नेप्से परिसुचक १८ दशमलब ३३ अंकले ओरालो लागेको छ । कारोबारमा आएका सबै समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन सेयर बजार १५ सय ८० मा झरेर बन्द भएको हो ।

बिहीबार बीमा समुहको परिसुचक १ सय ४७ अंकले ओरालो लागेको छ । त्यस्तै बिकास बैंक २४ दशमलब ६६, जलबिद्युत १७ दशमलब १३, बैंकिङ १६ दशमलब १५, होटल ११ दशमलब १३,फाइनान्स १० दशमलब २३ अंकले घटेको छ ।

त्यसैगरी अन्य र उत्पादन समुहको परिसुचक क्रमशः १ दशमलब ७ र १ दशमलब ४१ अंकले ओरालो लागेको छ । बिहीबार एनआइसी एशिया बैंकको सबैभन्दा बढी ६ करोड २६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सो दिन १ सय ६० कम्पनी कारोबारमा आएका थिए । बिहीबार १५ लाख ७२ हजार कित्ता सेयरबाट ८४ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL