Logo

साढे ९ अंकले ओरालो लाग्यो नेप्से, ९० करोडको कारोबार

साढे ९ अंकले ओरालो लाग्यो नेप्से, ९० करोडको कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक ९ दशमलब ४१ अंंकले ओरालो लागेकोे छ । सो दिन सेयर बजार १६ सय १२ दशमलब ९१ अंंकमा झरेर बन्द भएको हो ।

सोमबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।
सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ४५ दशमलब ३८ अंकले ओरालो लागेको छ । त्यस्तै होटल १८, बैंकिङ १३ दशमलब ४७,फाइनान्स ७ दशमलब ४२, जलविद्युत ७ दशमलब २१ र अन्य समुहको परिसुचक २ अंकले ओरालो लागेको छ ।

यता उत्पादन र विकास बैंक समुहको परिसुचक २७ दशमलब ९५ र ६ दशमलब ८५ अंकले उकालो लागेको छ । सोमबार स्वरोजगार लघुवित्त विकास बैंकको ६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै छिमेक लघुवित्तको ६ करोड २५ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार १ सय ५९ ओटा कम्पनी कारोबारमा आएका थिए । सो दिन १५ लाख कित्ता सेयरबाट ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL