Logo

नेप्से परिसुचक र कारोबार रकम दुबै ओरालो लागे, किन बढ्दैछ नेपाल बैंकको कारोबार ?

नेप्से परिसुचक र कारोबार रकम दुबै ओरालो लागे, किन बढ्दैछ नेपाल बैंकको कारोबार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार बजारमा नेप्से परिसुचक र कारोबार रकम दुबै ओरालो लागेका छन् । बजार खुलेको केही समय उकालो लागेको नेप्से परिसुचक दिनभर उत्तरचढाव हुँदै अन्तमा घटेको हो ।

बजारमा प्रायःजसो सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी होटल समुहको परिसुचक ३० अंकले घटेको छ । तर अन्य समुहको परिसुचक भने दोहोरो अंकमा घटबढ भएको छैन ।

बुधबार बीमा र अतिरिक्त समुहको परिसुचक सामान्य उकालो लाग्दा अरु सबै समुहका परिसुचक ओरालो लागेका छन् ।

बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । दिनभर कुल १ सय ६० कम्पनीको ६२ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । बजारमा सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । नेपाल बैंकको सेयर प्रतिकित्ता ७ रुपैयाँले बढेर झण्डै साढे ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL