Logo

प्राइम लाईफले दियो २५ प्रतिशत बोनस सेयर, बीमा समितिमा पेश गर्दै

प्राइम लाईफले दियो २५ प्रतिशत बोनस सेयर, बीमा समितिमा पेश गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको संचालक समितिको विहीवार बसेको बैठकले बोनस सेयर दिने निर्णय गरेको हो । उक्त निर्णयलाई बीमाबाट स्वीकृत गराएर पारितका लागि आगामी साधारणसभामा पेश गर्ने कम्नपीले जानकारी दिएको छ ।

बीमा समितिले इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी बृद्धि गरेसँगै सम्बद्ध कम्पनीहरुले बोनस सेयर र हकप्रद सेयर निष्काशनलाई उच्च प्राथतमिकता दिएका छन् ।
कम्पनीले बोनस सेयर जारी गरेसँगै चुक्ता पूँजी ६१ करोड रुपैयाँ पुग्ने भएको छ । कम्पनीको तेस्रो त्रैमाशमा चुक्ता पुँजी ४८ करोड रहेको थियो । बीमा समितिको निर्देशन अनुसार जीबन बीमा कम्पनीहरुले आफ्नो चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुर्याउने पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL