Logo

सबै समुह उकालो लाग्दा साढे २० अंकले बढ्यो नेप्से, ६९ करोड ४३ लाखको कारोबार

सबै समुह उकालो लाग्दा साढे २० अंकले बढ्यो नेप्से, ६९ करोड ४३ लाखको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक २० दशमलब ५८ अंकले बढेको छ । सो दिन सेयर बजार १६ सय ४ दशमलव १५ अंकमा पुगी बन्द भएको हो ।
सोमबार कारोबारमा आएका सबै समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ९५ दशमलब ३५ अंकले बढेको छ । त्यस्तै विकास बैंक २९ दशमलब ५७, उत्पादन २७,होटल समुह २६ दशमलब ३९ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २१ दशमलब ८३ अंकले बढेको छ । त्यस्तै जलविद्युत, फाइनान्स र अन्य समुहको परिसुचक क्रमशः ९ दशमलब १८, ५ दशमलब २३ र १ दशमलब १६ अंकले बढेको छ ।

सोमबार १ सय ५४ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको २० लाख कित्ता सेयरबाट ६९ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL