Logo

नयाँ आवको पहिलो दिन सामान्य उकालो लाग्यो नेप्से, सूर्यलाइफको संस्थापक सेयरले बढायो कारोबार

नयाँ आवको पहिलो दिन सामान्य उकालो लाग्यो नेप्से, सूर्यलाइफको संस्थापक सेयरले बढायो कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७५ ७५ को पहिलो दिन आइतबार सेयरबजार सामान्य उकालो लागेको छ । सो दिन नेप्से परिसुचक ० दशमलब ९० अंकले बढेको हो । अधिकांश समुह ओरालो लागेपनि सेयर बजारमा बढी प्रभाव पार्ने बैंकिङ फाइनान्स र बीमा समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजार उकालो लागेको देखिन्छ ।

सो दिन बैंकिङ समुहको परिसुचक २ दशमलब ४१, फाइनान्स समुहको परिसुचक १० दशमलब ९३ र बीमा समुह १ दशमलव ४८ अंकले उकालो लागेको छ ।

यता जलविद्युत, होटल,अन्य,विकास बैंक र उत्पादन समुहको परिसुचक भने क्रमशः८ दशमलब ९१, ५ दशमलब ८२, ५ दशमलब ५,०दशमलब ४ र ० दशमलव २१ अंकले ओरालो लागेको छ ।

आइतबार सूर्य लाइफ इन्स्योरेन्सको २४ करोड रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । सो दिन १ सय ४९ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १२ लाख ९४ हजार कित्ता सेयरबाट ६८ करोड १२ लाखको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL