Logo

सबै समुह उकालो लाग्दा साढे ९ अंकले बढ्यो नेप्से, नबिलको ‘प्रमोटर’ले बढायो कारोबार

सबै समुह उकालो लाग्दा साढे ९ अंकले बढ्यो नेप्से, नबिलको ‘प्रमोटर’ले बढायो कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक ९ दशमलव ७९ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय ८५ अंकमा पुगेर बन्द भएको हो ।

मंगलबार कारोबारमा आएका सबै समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाब परेको देखिन्छ ।

सो दिन बीमा समुहको परिसुचक ६० दशमलव ७९ अंकले बढेको छ । त्यस्तै होटल ३५ दशमलव २८, जलविद्युत १५ दशमलव ८, विकास बैंक १३ दशमलव ४८ र बैंकिङ समुहको परिसुचक ७ दशमलव ९५ अंकले बढेको छ ।

त्यसैगरी फाइनान्स समुह ७ दशमलव ५२,अन्य २ दशमलव ३१ र उत्पादन समुहको परिसुचक ० दशमलब ६८ अंकले उकालो लागेको छ ।

सो दिन नविल बैंक लिमिटेडको २४ करोड ६१ लाखको प्रमोटर सेयर कारोबार भएको छ । मंगलबार १ सय ४९ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १९ लाख ३० हजार कित्ता सेयरबाट ९९ करोड ६३ लाखको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL