Logo

बैंकिङ समुहले उचाल्यो सेयर बजार, साढे ३ अंकले बढ्दा करिव ७४ करोडको कारोबार

बैंकिङ समुहले उचाल्यो सेयर बजार, साढे ३ अंकले बढ्दा करिव ७४ करोडको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ३ दशमलव ६८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय ६३ दशमलव १७ अंकमा पुगेर बन्द भएको हो । आइतबार कारोबारमा आएका अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

सो दिन सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक सबैभन्दा बढी १२ दशमलव ५६ अंकले बढेको छ । त्यस्तै होटल समुह ११,उत्पादन ८ दशमलव ४६, विकास बैंक ४ दशमलव ४३, फाइनान्स २ दशमलव ७, जलविद्युत १ दशमलव ८३ र अन्य समुह ० दशमलव ८७ अंकले बढेको छ ।

यता बीमा समुहको परिसुचक भने ८ दशमलव ६९ अंकले घटेको छ । आइतबार प्रभु बैंकको ११ करोड ७२ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । सो दिन लुम्विनी जनरल इन्स्योरेन्सको ५ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार १ सय ४८ कम्पनीको १५ लाख ८५ हजार कित्ता सेयर किनबेच भएको छ । जसबाट ७३ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL