Logo

बैंकिङ समुहले घटायो नेप्से, १२ लाख कित्ता सेयरबाट ७८ करोडको कारोबार

बैंकिङ समुहले घटायो नेप्से, १२ लाख कित्ता सेयरबाट ७८ करोडको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीबार नेप्से परिसुचक ० दशमलब ३९ अंकले घटेको छ । सो दिन सेयर बजार १६ सय ४३ दशमलब ८७ अंकमा झरेर बन्द भएको हो । बिहीवार कारोबारमा आएका अधिकांस समुह उकालो लागेपनि सेयर बजारमा बढी प्रभाव भएको बैंकिङ समुह घट्दा समग्र बजारमा नकारात्मक प्रभाब परेको देखिन्छ ।

सो दिन बैंकिङ समुह ७ दशमलब ९४ अंकले भटेको छ । त्यस्तै अन्य समुहको परिसुचक १ दशमलब ७४ अंकले घटेको हो । यता होटल, उत्पादन, बीमा, जलबिद्युत समुहको परिसुचक क्रमशः ३५ दशमलब ७४,३५ दशमलब ११ र २९ दशमलब १९ अंकले बढेको छ ।

त्यसैगरी बिकास बैंक १३ दशमलब ४८ र फाइनान्स समुहको परिसुचक ५ दशमलब १९ अंकले उकालो लागेको हो । बिहीबार १ सय ४६ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १२ लाख कित्ता सेयरबाट ७८ करोड १२ लाख बराबरको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL