Logo

चुनाबी रौनकले छोएन सेयर बजारलाई, ५ अंकले घट्दा ६१ करोडको कारोबार

चुनाबी रौनकले छोएन सेयर बजारलाई, ५ अंकले घट्दा ६१ करोडको कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा चुनावको मत परिणाम आएसँगै खुशियाली छाउँदा सेयर बजारलाई भने रौनकले छोएको छैन । चुनावले लगानीकर्ताहरुमा उत्साह बढ्ने अनुमान गरिए पनि नेप्से परिसुचक ओरालो लागेको छ ।

बुधबार सेयर बजार ४ दशमलब ९८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय ४४ दशमलब ९८ अंकमा झरेर बन्द भएको हो । बुधबार कारोबारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

सो दिन बीम समुहको परिसुचक सवैभन्दा बढी २६ दशमलव ६,जलविद्युत २० दशमलव १६,बैंकिङ ७ दशमलव ५५,फाइनान्स २ दशमलव १८ र विकास बैंक १ दशमलव २१ अंकले ओरालो लागेको छ ।

यता उत्पादन,होटल र अन्य समुह क्रमशः ३२ दशमलव ६४,४ दशमलव ७७ र ४ अंकले बढेको छ । बुधबार हिमालयन जनरन इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी १० करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

सो दिन १ सय ४० ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ३१ लाख ६४ हजार कित्ता सेयरबाट ६१ करोड बराबरको कारोबार भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL