Logo

अधिकांश समुह उकालो लाग्दा ८ दशमलव ३२ अंकले बढ्यो नेप्से, ५७ करोडको कारोवार

अधिकांश समुह उकालो लाग्दा ८ दशमलव ३२ अंकले बढ्यो नेप्से, ५७ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक ८ दशमलव ३२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १६ सय ३७ दशमलव ३० अंकमा पुगेर बन्द भएको छ ।

सोमबार कारोवारमा आएका अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । सो दिन होटल समुहको परिसुचक सवैभन्दा बढी ६१ दशमलव ३२ अंकले बढेको छ । त्यस्तै बीमा समुह ३८ दशमलव १७, जलविद्युत १२, विकास बैंक ११ दशमलव ७ बैंकिङ समुह ७ दशमलव ७१ अंकले बढेको छ ।

त्यसैगरी फाइनान्स समुहको परिसुचक ५ दशमलव ३९ अंकले बृद्धि भएको छ । यता अन्य समुहको परिसुचक भने ० दशमलव ८७ अंकले ओरालो लागेको छ ।

सोमबार नेपाल एसविआई बैंक बैंक लिमिटेडको सवैभन्दा बढी ८ करोड ४४ लाख बराबरको कारोबार भएको छ । सो दिन १ सय ४२ कम्पनीको ९ लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ । जसबाट ५७ करोड २५ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL