Logo

किन घट्यो सेयर बजार ? १८ अंकले ओरालो लाग्दा ९६ करोड ५२ लाखको कारोवार

किन घट्यो सेयर बजार ? १८ अंकले ओरालो लाग्दा ९६ करोड ५२ लाखको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक १७ दशमलव ९४ अंकले ओरालो छ । सो दिन सेयर बजार १६ सय ७५ दशमलव ७८ अंकमा झरेर बन्द भएको हो । आज कारोवारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको छ ।

सोमवार वीमा समुहको परिसुचक सवैभन्दा बढी ८३ दशमलव ७४ अंकले ओरालो लागेको छ । त्यस्तै होटल २३ दशमलव ३, जलविद्युत २२ दशमलव ४४ र बैंकिङ समुह १९ दशमलव १७ अंकले घटेको छ । त्यसैगरी विकास बैंक १४, अन्य ८ दशमलव ६७ र फाइनान्स समुहको परिसुचक ४ दशमलव २ अंकले घटेको हो ।

सोमवार १ सय ४२ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १६ लाख २६ हजार कित्ता सेयरबाट ९६ करोड ५२ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL