Logo

दिनभर उतारचढाव भएको नेप्से अन्ततः घट्यो, ३१ करोडमा खुम्चियो कारोवार

दिनभर उतारचढाव भएको नेप्से अन्ततः घट्यो, ३१ करोडमा खुम्चियो कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधवार दिनभर उतारचढाव भएका नेप्से परिसुचक सामान्य ओरालो लागेको छ । सो दिन नेप्से ० दशमलव ८१ अंकले ओरालो लागी १ हजार ४ स ६२ दशमलव २३ अंकमा झरेर बन्द भएको हो । बुधवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेको छ ।

सो दिन होटल समुहको परिसुचक सवैभन्दा बढी २२ दशमलव ६२,उत्पादन १७ दशमलव ४६,जलविद्युत ७ बैंकिङ समुह ३ दशमलव ५८ र अन्य समुह २ दशमलव ३१ अंकले घटेको छ ।

यता वीमा र विकास बैंकको परिसुचक भने ६६ दशमलव ७१ र ६ अंकले उकालो लागेको छ । बुधवार १ सय ३३ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १२ लाख कित्ता सेयरबाट ३० करोड ९० लाखको कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL