Logo

अधिकांश समुह उकालो लाग्दा १८ अंकले बढ्यो नेप्से, ३७ करोड ३२ लाखको कारोवार

अधिकांश समुह उकालो लाग्दा १८ अंकले बढ्यो नेप्से, ३७ करोड ३२ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक १७ दशमलव ९३ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ७६ दशमलव ९० अंकमा पुगेर बन्द भएको छ । कारोवारमा आएका अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

मंगलवार वीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ६८ दशमलव ८४ अंकले उकालो लागेको छ । त्यस्तै जलविद्युत २० दशमलव ८९,बैंकिङ १८ दशमलव ९३ र विकास बैंक १० दशमलव २१ अंकले बढेको छ ।

त्यसैगरी फाइनान्स र उत्पादन समुह क्रमशः ७ दशमलव ८९ र ० दशमलव ३४ अंकले बढेको छ । यता होटल र अन्य समुहको परिसुचक भने १२ दशमलव ४१ र १ दशमलव ४५ अंकले घटेको छ ।

बुधवार १ सय २६ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ५ लाख ८७ हजार कित्ता सेयरबाट ३७ करोड ३२ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL