Logo

सवै समूह घट्दा करिव१८ अंकले ओरालो लाग्यो नेप्से, ७१ करोड ३२ लाखको कारोवार

सवै समूह घट्दा करिव१८ अंकले ओरालो लाग्यो नेप्से, ७१ करोड ३२ लाखको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक १७ दशमलव ८९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ५१ दशमलव ८९ अंकमा झरेर बन्द भएको हो । कारोवारमा आएका सवै समूह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ ।

मंगलवार बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ३३ दशमलव ४६ अंकले घटेको छ । त्यस्तै होटल समुह ३५ दशमलव ६३ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक १९ दशमलव ४६ अंकले ओरालो लागेको छ ।

त्यसैगरी विकास बैंक १७ दशमलव ४३,फाइनान्स २ दशमलव ३ढ र जलविद्युत समुह ० दशमलव ५१ अंकले घटेको छ । मंगलवार १ सय २७ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ७ लाख ६४ हजार कित्ता सेयरबाट ७१ करोड ३२ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL