Logo

साढे १३ अंकले ओरालो लाग्यो नेप्से, ९२ करोड ८९ लाखको कारोवार

साढे १३ अंकले ओरालो लाग्यो नेप्से, ९२ करोड ८९ लाखको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक १३ दशमलव ५० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ६८ दशमलव ८९ अंकमा झरेर बन्द भएको हो ।

सोमवार फाइनान्स समुहबाहेक सवै समूह ओरालो लाग्दा समग्र सेयर बजारमा यसको नकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन वीमा समुहको परिसुचक सवैभन्दा बढी ३८ दशमलव ५६ अंकले घटेको छ । त्यस्तै होटल २४ दशमलव ३७,सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह १८ दशमलव २६ र जलविद्युत समुह १५ दशमलव २८ अंकले घटेको छ ।

त्यस्तै विकास बैंक र अन्य समुहको परिसुचक क्रमशः ६ दशमलव ३९ र ४ अंकले ओरालो लागेको छ । यता फाइनान्स समुहको परिसुचक भने ४ दशमलव ८२ अंकले बढेको छ । सो दिन स्ट्याण्डर्ड चाटर्ड बैंकको सवैभन्दा बढी १० करोड ७७ लाखको कारोवार भएको छ ।

आइतवार १ सय २५ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १० लाख २३ हजार कित्ता सेयरबाट ९२ करोड ८९ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL