Logo

बुधबारदेखि नेपाल पूर्वधार सम्मेलन, स्वकेसमा ८२ योजना राखिने

बुधबारदेखि नेपाल पूर्वधार सम्मेलन, स्वकेसमा ८२ योजना राखिने



काठमाडौं । नेपाल उद्योग परिसंघले ‘नेपाल पूर्वधार सम्मेलन २०१९’ को सम्पूर्ण तयारी पूरा भएको बताएको छ । संघले नेपाल सरकारको आयोजनामा यही भदौ २५ र २६ गते ह्यात होटलमा सम्मेलन गर्ने भएको हो ।

बुधबार देखि सुरु हुने सो सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त सम्मेलनमा दक्षिण कोरियाको पूर्व मन्त्री, विश्व बैंकका उपाध्यक्षलगायतको सहभागिता रहने छ ।

२ दिन चल्ने सम्मेलनमा ८२ ओटा ठूला साना योजनालाई स्वकेसमा राखिने संघका उपाध्यक्ष विरेन्द्र पाण्डेले जानकारी दिएका छन । सो सम्मेलनमा लगानी बोर्डको २१ र बाँकी प्रदेश सरकारलगायतले बिभिन्न योजनाहरु स्वकेस गरिने भएको छ ।

सोमबार पत्रकार भेटघाटमा सम्मेलनको पूर्ण तयारी भएको भन्दै २ दिने सो सम्मेलनमा भाग लिन बिभिन्न देशका करिब ३ सय जनाले आफ्नो नाम दर्ता गराईसकेको आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार करिब ५ सय जनाले सो सम्मेलनमा सहभागिता जनाउने छन भने ९० जना बक्ताले आफ्नो प्रस्तुति दिने भएको छ । सरकारकै सहभागितामा भएको उक्त सम्मेलनले धेरै भन्दा धेरै लगानी भित्र्याउन सकिने आयोजकको अपेक्षा रहेको छ ।

सो सम्मेलनले सरकारको सुखी नेपाली समृद्ध नेपालको नारालाई समेत सहयोग पुग्ने संघको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL