Logo

हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड, २ दिनमा २८ हजारले गरे अवलोकन

हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड, २ दिनमा २८ हजारले गरे अवलोकन



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड लागेको छ ।

शुक्रबारदेखि सुरु भएको एक्स्पोमा सार्वजनिक विदाको दिन परेकाले अवलोकनकर्ताको उपस्थिती बाक्लो भएको आायोजकले जानकारी दिएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा जारी एक्स्पोको शनिबार साँझसम्ममा २८ हजार जनाले अवलोकन गरेका छन् ।

विशेष गरी जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकर्ताको विशेष आकर्षण देखिएको छ । यसका साथै रोबो कम्पििटिशन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी लगायतमा पनि अवलोकनकर्ताको चासो धेरै देखिएको छ ।
एक्स्पोमा सहभागिहरुलाई हेलिकप्टरबाट विभिन्न जलविद्युत आयोजनाको स्थलगत अवलोकन गराउने क्रम जारी छ ।

८५ भन्दा बढी प्रदर्शकहरुले सय भन्दा बढी स्टलमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श दिईरहेका छन् । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालि ले गरेको छ ।

आइतबारसम्म चल्ने एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता छ ।

विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL