Logo

फुटवेयर बिजनेस एक्स्पो २०७४ शुरु, यस्तो छ अफर !

फुटवेयर बिजनेस एक्स्पो २०७४ शुरु, यस्तो छ अफर !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । फुटवेयर बिजनेस एक्स्पो २०७४ बिहीबारबाट शुरु भएको छ । भृकुटीमण्डपमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजना तथा नेपाली जुता घरको सह आयोजनामा सुरु भएको मेला २५ दिनसम्म चल्ने छ । स्वदेशी उत्पादनको प्रवद्र्धन र विदेशी जुताको प्रतिस्थापन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको संस्थाका अध्यक्ष रविन श्रेष्ठले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ३ का अर्थ तथा योजना मन्त्री कैलास ढुङगेलले करिब ६० हजार युवालाई रोजगारको सिर्जना गर्ने नेपाली जुतालाई देशको सबै क्षेत्रमा पुर्याउनु पर्ने बताए । मन्त्रीले बिदेश बाट आयात हुने तयारी तथा कच्चा पदार्थमा १० देखी १२ प्रतिशतमात्र कर लगाउने हो भने पनि देशको अर्थतन्त्रले फड्को मार्ने बताए ।

सरकार र निजीक्षेत्रबीच सहकार्य हुन आवश्यक रहेको भन्दै स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाएर निर्यात गर्नु पर्ने बताए । ‘अहिले देशको उद्योगहरु कमजोर बन्दै गएको अवस्थामा नेपाली जुताले यसलाई केही हदसम्म धानेको छ,’ उनले भने, ‘जुता उद्योगको समस्या तथा आर्थिक अवस्था बारे मलाई जानकारी गराउनु म सक्दो सहयोग गर्नेछु ।’

स्वदेशी उत्पादनको प्रवद्र्धन तथा प्रयोगमा ल्याउन मेला आयोजना गरेको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालका अध्यक्ष रविन श्रेष्ठले बताएका छन । करिब ६० प्रतिशत नेपाली बजार ओगटेको नेपाली जुताले अझै ग्रामिण क्षेत्रमा आफनो पहुँच नपुगेको जानकारी दिएको छ । बजारमा ब्यापारीहरुले पनि स्वदेशी भन्दा बिदशी जुतालाई नैै प्राथमिक्ता दिएकोले नेपाली जुताले सोचे अनुसार बजार नपाएको अध्यक्ष श्रेष्ठले बताएका छन ।

मेलामा २५ ब्राण्डका जुता चप्पल तथा ७५ वटा स्टल रहने मेलामा ५ करोडको ब्यापार हुने आयोजकको अपेक्षा रहेको छ । बार्षिक ७ करोड जुता ल्कियर खपत हुने तथा ३५ अर्बको कारोबार हुने नेपाली जुता घरका अध्यक्ष होमनाथ दाहालले बताए । मेलामा ७५ रुपैयाँ देखी १२ हजार सम्मका जुता चप्पल रहेका छन । मेलामा उत्कृष्ट छुट सहितको अफर रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL