Logo

हिमाली कृषि व्यवसाय प्रवद्र्धन मेला शुक्रबारदेखि, याक चिजदेखि चौरीको पुच्छरसम्म प्रदर्शनमा

हिमाली कृषि व्यवसाय प्रवद्र्धन मेला शुक्रबारदेखि, याक चिजदेखि चौरीको पुच्छरसम्म प्रदर्शनमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन मेला शुक्रबारदेखि शुरु हुने भएको छ । ‘कृषि व्यवसाय विकासद्धारा उत्पादन बृद्धी ! नाफा, रोजगारी र हिमाली भेग सम्बृद्धी’ भन्ने मूल नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना हुन लागेको हो ।

तिन दिनसम्म चल्ने उक्त मेलामा छुर्पी, याक चिज, राडीपाखी, तरकारी बिउ, केशर, तोरा जुस, जुम्ली मार्सी चामल, स्याउको चाना तथा जुस, अलैँची र चौँरीको पुच्छर बिशेष रहने हिमाली आयोजनाका निर्देशक डा.बिजय कान्त झाले बताए ।

मेलामा उत्पादनको बिक्री तथा व्यवसायी र व्यापारीबीच दिर्घकालीन सम्झौता हुने आयोजकको अपेक्षा छ । साथै प्रर्दशनीका कारण हिमाली क्षेत्रमा व्यवसायीक वातावरण सिर्जना हुने र व्यवसायीहरु लगानी गर्न उत्साहित हुने आयोजकले जानकारी दिएको छ ।
मेलामा संखुवासभा, दोलखा, सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला र मुगुका ५१ तथा अन्य जिल्लाका २४ गरी ७५ ओटा स्टल रहने छन् ।

मेला पशु सेवा विभाग, उच्च पहाडी कृषि व्यवसाय तथा जिविकोपार्जन सुधार ( हिमाली ) आयोजना तथा कृषि उद्यम केन्द्रले आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL