Logo

२० करोडको व्यापार गर्दै सकियो अन्तरराष्ट्रिय व्यापार मेला,२ लाखले गरे अवलोकन

२० करोडको व्यापार गर्दै सकियो अन्तरराष्ट्रिय व्यापार मेला,२ लाखले गरे अवलोकन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अन्तरराष्ट्रिय व्यापार मेला २०७३ सोमबार सम्पन्न भएको छ । ५ दिनसम्म चलेको मेलाको २ लाख अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

मेलामा २० करोडको कारोवार भएको आयोजकले बताएको छ । मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्द्घाटन गरेका थिए । सो अवसरमा उनले चोभरमा प्रदर्शनी स्थल बनाउन प्रतिबद्धता समेत गरेका थिए ।

17439569_1706352226045929_1922364487_n

उनले चैत ३ गतेको मन्त्रिपरिषदको बैठकबाटै सो कार्यलाई तत्काल अघि बढाउने जिम्मेवारी वाणिज्य मन्त्रालयलाई दिने निणर्य गरेका हुन् । उनको सो निणर्यको निजी क्षेत्रले स्वागत गरेको छ ।

नेपाल उद्योग बाणिज्य महासंघद्धारा नेपाल सरकार वाणिज्य मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजना भएको मेलामा ३ सय ४० ओटा स्टल राखिएके थियो । मेलामा चीन, भारत,बंगलादेश,पाकिस्तान, थाइल्याण्डलगायत देशका कम्पनीहरु सहभागी थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL