Logo

निजी क्षेत्रको गुनासोप्रति प्रमले देखाए चासो, प्रदर्शनी केन्द्र बनाउन नीतिगत व्यवस्था गर्ने

निजी क्षेत्रको गुनासोप्रति प्रमले देखाए चासो, प्रदर्शनी केन्द्र बनाउन नीतिगत व्यवस्था गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चोभारमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउन सकारात्मक देखिएका छन् । जसअनुसार प्रधानमन्त्री दाहालले बिहीवार बस्ने मन्त्रिपरिषदको बैठकमा नीतिगत व्यवस्थ गरेर प्रदर्शनी केन्द्र बनाउन पहल थाल्ने उनले बताए । बिहीवार छैटौ अन्तरराष्ट्रिय व्यापार मेलाको उद्दघाटन समारोहमा उनले यस्तो बताएका हुन् । ‘प्रदर्शनीस्थल आवश्यकतालाई मैले गम्भिरतापूर्वक लिएको छु उनले भने , ‘त्यसलाई नितीगत व्यवस्था गरेर व्यवहारिकतामा परिणत गर्ने छु ।’

सो अवसरमा प्रधानमन्त्री दाहालले आर्थिक विकासले गति लिन नसके राजनितीक स्थिरता पनि दिगो नहुने बताए । कार्यक्रममा उनले सरकार आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई जुनसुकै प्रकारको सहयोग गर्न तयार भएको जानकारी दिए ।

कार्यक्रममा उनले व्यापार मेलाले आयोजक तथा सहभागी मुलकवीचको सम्वन्ध प्रगाढ हुने बताए । साथै व्यवपारिक साझेदारीका सम्भाव्यता खोज्न मद्धत पुर्याउछ । तुलनात्मक लाभका वस्तुहरुको प्रदशर्नमा सहयोग गर्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मेलाले रोजगारी सृजनाका साथै निर्यात बृद्धिमा मद्धत गर्ने बताए । सो अवसरमा उलने स्थानिय जनतामा स्वावलम्बीपन आएको भन्दै त्यसलाई निरन्तरता दिएको जानकारी दिए ।  साथै मेलाले बजार प्रवद्र्धनमा समेत सहयोग गरेको जानकारी दिए ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले मेला सार्वजनिक निजी साझेदारीको राम्रो उद्दाहरण भएको बताइन् । साथै मेलाले नेपालको व्यापार घाटा कम गर्न समेत सघाउने दावी गरिन ।

कार्यक्रममा व्यापार मेला समितिका सभापति केशव पाण्डेले पटकपटक आग्रह गर्दा पनि प्रदर्शनी स्थल निर्माणका लागि सुनुवाइ नभएको गुनासो गरेका थिए । काठमाडौंको भृकुटीमण्डपमा आयोजित मेलामा १५ करोड बराबरको कारोवार हुने आयोजकको दावी छ । साथै मेलाको ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने छन् । मेलामा चीन बंगलादेश, भारत, पाकिस्तानलगायतका गरि जडिबुटी, औजार, कपडा, पश्मिनालगायतका २ सय ४२ स्टल छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL