Logo

टिभिएस अपाचे रेस ट्रयाकको छनौट सम्पन्न, २५ जनाले मद्रास मोटर रेसमा भाग लिन पाउने

टिभिएस अपाचे रेस ट्रयाकको छनौट सम्पन्न, २५ जनाले मद्रास मोटर रेसमा भाग लिन पाउने



काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस बाइक राइडरहरुलाई लक्षित गरी टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्सको छनौट प्रतियोगीता सम्पन गरेको छ । छनौट चरण पार गरेका २५ जना राइडरहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक भाग लिन पाउने भएको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘हामी हाम्रो टिभिएस राइडरहरुलाई बाइकको नयाँ डिजाइनसँगै नयाँ नयाँ रोमाञ्चक अनुभूति प्रदान गर्ने छौं, त्यसैको एक उदाहरण यो मद्रास रेस ट्रयाक पनि हो ।’

टिभिएस अपाचेका राइडरहरुलाई रेस ट्रयाकमा ल्याउन असार देखि कात्तिक सम्म टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL