Logo

प्युठान र अर्घाखाँचीमा जेसीबीको आउटलेट, कम्पनीका सबै सामन उपलब्ध हुने

प्युठान र अर्घाखाँचीमा जेसीबीको आउटलेट, कम्पनीका सबै सामन उपलब्ध हुने



काठमाडौं । जेसीबीब्रान्डका एमएडब्लु अर्थमुभर्सले प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ ।

ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउने भएको छ । निर्माण कार्यको तीव्रता सँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको हो ।

प्युठानको प्रमुख जिल्ला अधिकारी डा कृष्ण बहादुर घिमिरे र प्रहरी उपरीक्षक राजेन्द्र पोखरेल तथा सन्धिखको सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुषाल र अर्घाखाँची निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारले ‘एआरओ’को संयुक्त उदघाटन गरेको कम्पनीले जानकारी दिएको छ ।

दुवै नयाँ ‘एआरओ’बाट जेसीबी ब्रान्डका मेसिनहरुको पार्टस् विक्री तथा सर्भिस गर्ने जारी बिज्ञप्तीमा उल्लेख छ । थप २ सँगै जेसीबीले ७ स्थानमा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, चरिकोट, लहान, डडेलधुरा र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र संचालन भइसकेका छन् ।

नेपालमा जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL