Logo

यामाहाले नेपालमा सुरु गर्यो ‘स्कुटर डे’

यामाहाले नेपालमा सुरु गर्यो ‘स्कुटर डे’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ ९स्कुटर दिवस० मनाएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्दै ७ मार्चलाई ‘स्कुटर डे’का रुपमा मनाएको कम्पनीले जानकारी दिएको छ ।

एमएडब्लुका सर्भिस हेड शरद मिश्रका अनुसार पहिलो स्कुटर डेलाइ स्मरणीय बनाउन निःशुल्क स्कुटर वासको अफर दिइएको हो । जसमा विभिन्न ब्रान्डका स्कुटर चढ्ने राइडरले सहभागिता जनाएको बताए ।

बुधबार यामाहाका सर्भिस सेन्टरहरुमा अन्य ब्रान्डका स्कुटरहरुको पनि भीड लागेको थियो । यसका साथै स्कुटर डेको अवसरमा एमएडब्लुले नेपाल ट्राफिक प्रहरीलाइ २ ओट स्कुटर प्रदान गरेको छ । साइरन जडित उक्त स्कुटरहरुको साँचो एसएसपी उमेश रञ्जितकारलाई हस्तान्तरण गरिएको थियो । रञ्जितकारले सो अवसरमा दैनिक दर्जनौं दुर्घटना हुने हुँदा यसलाइ रोक्न अटोमोबाइलले राम्रो भुमिका खेल्ने बताए ।

कार्यक्रममा एसएसपी रञ्जितकारले यामाहाको प्रयासलाई धन्यवाद दिँदै अटोमोबाइल कम्पनीहरुले अन्य फिचरका साथसाथै सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने बताए । एमएडब्लुका प्रबन्ध निर्देशक विष्णु अग्रवालले यामाहा सामाजिक उत्तरदायित्व प्रति प्रतिबद्ध रहेको बताए ।

साथै केही वर्षदेखि युवालाई लक्षित गरि यामाहा सेफ राइडिङ साइन्स (वाईएसआरएस) नामको सडक सुरक्षा सचेतना कार्यक्रम चलाएको अग्रवालले जानकारी उनले दिए ।

यामाहाबाट तालीम प्राप्त प्रशिक्षकहरुले काठमाडौं र बाहिरका कलेज तथा अन्य संघ संस्थामा गएर सुरक्षित यात्राबारे तालीम दिएका छन् ।

वाईएसआरएसबाट हालसम्म पाँच हजारभन्दा बढी युवा लाभान्वित भइसकेको उनले जानकारी दिए । यामाहाले बिहीबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालकै पहिलो स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL