Logo

सुजुकीले दियो सेलेरियो टेष्ट राइड क्याम्पेनलाई निरन्तरता, ५ सय ८२ ग्राहकले गरे टेष्ट राइड

सुजुकीले दियो सेलेरियो टेष्ट राइड क्याम्पेनलाई निरन्तरता, ५ सय ८२ ग्राहकले गरे टेष्ट राइड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सीजी मोटोकर्पले  पुसदेखि राष्ट्रब्यापी रुपमा संचालन गरेको सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई निरन्तरता दिदैं आएको छ ।

उपभोक्तालाई सामान खरिदको निर्णय लिनुपूर्ण पहिलो अनुभव तथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले आयोजना गरेको यस कार्यक्रम सुजुकीका आठवटा आधिकारिक शोरुम थापाथली, पुल्चोक, नयाँबजार, बालकुमारी, महाराजगंज, कंलकी, बौद्ध र नक्सालमा सञ्चालन गरेको हो ।

कम्पनीका अनुसार ५ सय ८२ जना ग्राहकले टेष्ट राईड गरी कार्यक्रममा सहभागी भएका थिए ।

सहभागी ग्राहकहरुले सकारात्मक धारण व्यक्त गदैै किन्नु अगाडी टेष्ट राईड गर्र्न सुविधा पाएकोमा सन्तुष्टि जानकारी दिएको छ । सेल्स, मार्केटिङ एण्ड स्ट्रयाटिजी डिजीएम सिरज पन्तका अनुसार ग्राहकहरुको उल्लाहसपूर्ण सहभागिताले सुरुवातलाई आशापूर्ण प्रतिक्रिया दिएको छ ।

साथै आगामी दिनमा हुने टेष्ट राईड कार्यक्रममा पनि ग्राहकहरुको उल्लाहसपूर्ण सहभागिता प्राप्त हुनेमा आशावादी रहेको बताए ।

सेलेरिया ‘द परफेक्ट फेमिली कार’ नेपाली बजारमा गत पुस महिनामा टेष्ट राईड अभियान मार्फत बजारमा ल्याएको थियो । हरेक टेष्ट राईडमा उपभोक्ताले आकर्षक उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्पर रु. १ लाख क्यासब्याक जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनी सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विव्रmेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL