Logo

भारतीय प्रम मोदी भन्छन् ‘सार्वजनिक यातायातलाई तल्लो दर्जा होइन प्रतिष्ठाको रुपमा हेरौ ’

भारतीय प्रम मोदी भन्छन् ‘सार्वजनिक यातायातलाई तल्लो दर्जा होइन प्रतिष्ठाको रुपमा हेरौ ’


बिजखबर संवाददाता
54
Shares

नोईदा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सकेसम्म सार्वजनिक यातायातको प्रयोग गर्न आवह्वान गरेका छन् ।

मोदीले इन्धनको बचत गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन मेट्रो रेलको यात्रालाई प्रतिष्ठाको विषय बनाउन पनि आह्वान गरेका हुन् ।

झण्डै १२ किलोमिटर विस्तार भएको दिल्ली मेट्रोको मागेन्टा लाईनको उद्घाटन समारोहमा प्रधानमन्त्री मोदीले सार्वजनिक क्षेत्रको भौतिक संरचनाका लागि सरकारले अत्यधिक धेरै खर्च गरेको बताए ।

सन् २०२२ मा भारतले ७५औँ स्वतन्त्रता दिवस मनाउने बेलासम्म महत्वपूर्ण पेट्रोलियम पदार्थको आयात घटाउने उद्देश्य लिएको समेत उनले जानकारी दिए ।

बुहुआयामिक यातायात प्रणालीले इन्धनको प्रयोग कम गराउनुका साथै आम नागरिकको पैसा र वातावरण पनि जोगाउने प्रधानमन्त्री मोदीको भनाइ थियो ।

उनले सार्वजनिक यातायात भन्दा व्यक्तिगत वा निजी सवारी साधन प्रयोग गर्दा प्रतिष्ठा बढ्छ भन्ने मानसिकतामा परिवर्तन आवश्यक रहेकोमा जोड दिए ।

साथै सार्वजनिक यातायातका साधनको प्रयोगलाई तल्लो दर्जाको रुपमा नहेर्न आग्रह गरे । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL