Logo

टाटाको ‘योद्धा’ भित्रियो नेपालमा, बजार मूल्य २० लाख ५० हजार

टाटाको ‘योद्धा’ भित्रियो नेपालमा, बजार मूल्य २० लाख ५० हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली बजारमा टाटा मोटर्सको नयाँ उत्पादन ‘योद्धा’ नेपाली बजारमा भित्रिएको छ । टाटाको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले योद्धालाई नेपाली बजारमा ल्याएको हो ।

पिकअप सेग्मेन्टका गाडीको अत्याधिक मागलाई मध्य नजर गर्दै नेपाली बाटोले खोजेअनुसारको सो गाडी भारत पछि नेपालमा पहिलो पटक सार्वजनिक गरिएको टाटा मोटर्सका कमर्सियल भेहिकल इन्टरनेशनल विजनेश यूनिटका भाइस प्रेसिडेन्ट रुद्ररुप मैत्रीले बताए । नेपालमा टाटाको बजार हिस्सा ६५ प्रतिशत रहेको जानकारी दिँदै पिकअपले पनि राम्रो बजार हिस्सा लिने उनको दाबी थियो ।

yodha_pickup

कार्यक्रममा बोल्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले योद्धाले नेपालीहरुको मन जित्न सफल हुने बताए । ‘हामीले यस गाडीलाई त्यतिकै योद्धा भनेका छैनौं,’ उनले भने, ‘यो नेपालको जस्तोसुकै बाटामो पनि निडर भएर अगाडी बढिरहन्छ ।’ योद्धाको बजार मूल्य २० लाख ५० हजार रुपैयाँ रहेको उनले जानकारी दिए । सो गाडीमा ३ बर्ष वा ३ लाख किलोमिटर दरीको वारेन्टी रहेको छ । योद्धाको क्षमता १२ सय ५० केजीसम्मको छ । जुन पिकअप गाडीमा सबैभन्दा बढी क्षमता हो ।

विभिन्न भेरियन्टमा उपलब्ध योद्धामा ८५ एचपिको शक्तिशाली ३ लिटर इञ्जिन तथा २५० एनएमको टर्क रहेको छ । अबको ६ महिनामा योद्धा प्ल्याटफर्मका नयाँ भेरियन्टका गाडीहरु समेत थपिने भएको छ । सो पिकअप फलफुल, तरकारी, दूध, तरकारी ढुवानी र क्यास भ्यान तथा कन्सट्रक्सन साइटहरुमा सर्भिस सपोर्टको रुपमा प्रयोग गर्न सकिनेछ ।

यसमा भएको अन्तराष्ट्रिय स्तरको क्याबिन स्पेसले चालक र यात्रु सबैलाई आरामदायी प्रदान गर्ने कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स २१० एमएम रहेको छ भने १६ इञ्चको टायर रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL