Logo

पश्चिमाञ्चल अटोव्यवसायी र नाडा अध्यक्षवीच भेट, अटो शो पोखरामा गर्ने सहमती

पश्चिमाञ्चल अटोव्यवसायी र नाडा अध्यक्षवीच भेट, अटो शो पोखरामा गर्ने सहमती


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले नाडा अटोमोवाइल्स एशोसिएशनको अफ नेपालका अध्यक्ष अन्जन श्रेष्ठसंग भेट गरेको छ । अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा आएको १२ सदस्यीय प्रतिनिधि मण्डलले सोमवार नाडाका अध्यक्ष श्रेष्ठसंग भेटी अटोमोवाइल सम्बन्धी समसामयिक विषयहरुमा छलफल गरेको थिए ।

छलफलमा नाडाले १९९८ देखि काठमाण्डौमा मात्र सम्पन्न गर्दे आएको नाडा अटो शोलाई पोखरामा समेत सम्पन्न गर्ने सहमति भएको छ । उक्त छलफलमा अध्यक्ष श्रेष्ठले विगतमा काठमाण्डौ बाहिर अटो शो सम्पन्न गर्न आफु तयार रहे पनि आवश्यक पूर्वाधारका अभावका कारण सम्पन्न गर्न नसकिएको जानकारी दिए ।

साथै नाडाका उपाध्यक्ष तथा नाडा अटो शो व्यवस्थापन समितिका संयोजक शम्भु दाहाललाई पोखरामा नाडा अटो शो सम्पन्न गर्नका लागि आवश्यक कार्य अघि बढाउन जिम्मेवारी समेत दिएका थिए ।

छलफलमा उनले राष्ट्र बैंकले अटोमोवाइल क्षेत्रलाई अनुत्पादक क्षेत्र भन्दै अटोमोवाइलमा दिइने कर्जामा ५० प्रतिशतको सीमा तोकेको र यसको समुचित समाधानका लागि नाडाले सक्दो प्रयाश गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
MBL