Logo

सवारी आयात २ सय प्रतिशतले बढ्यो, ३ महिनामा साढे २२ अर्वको भित्रियो

सवारी आयात २ सय प्रतिशतले बढ्यो, ३ महिनामा साढे २२ अर्वको भित्रियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/०७४ मा २२ अर्व ३६ करोड ३५ लाख रुपैयाँ बराबरको सवारी तथा पाटपुर्जा आयात भएको छ । चालु आवको ३ महिनामा सो बराबरको सवारी आयात भएको हो ।
यो गत आवको सो अवधिको तुलनामा १ सय ९३ दशमलव ६१ प्रतिशतले बढेको हो । गत आवको सो अवधिमा ७ अर्व ६१ करोड ६४ लाखको सवारी तथा यसका पाटपुर्जा आयात भएको थियो ।

गत बर्ष ११ अर्व ९४ करोड ३८ लाखको सवारी आयात भएको थियो । सो अवधिमा चीन तथा तेस्रो मुलुकबाट पनि सवारी आयात भएको राष्ट्र बैंकको हालै सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

गत बर्ष नाकाबन्दीले गर्दा आयात कम भएपनि नाकाबन्दी पछि लगानीकर्तामा सकारात्मक सोचको विकास भएसँगै यसको आयातमा बृद्धि भएको बजाज मोटरको नेपालका लागि आधिकारीक विक्रेता एच एण्ड एच बजाजका प्रवन्ध निर्देशक तथा नेपाल अटो मोवाइल डिलर्स एशोसियशन (नाडा) का पूर्व अध्यक्ष शेखर गोल्छाले बताए ।

साथै बैंकहरुले अटोलोन उपलब्ध गराउँदा पनि सवारीको विक्रीसँगै आयात बढेको उनले जानकारी दिए । ‘केही समयअघि बजारमा तरलता बढ्दा बैंकहरुले अटो लोनलाई फोकस गरेका थिए’ उनले भने ‘ त्यसले गर्दा पनि सवारी आयात बढेको हो ।’

गोल्छाका अनुसार हाल उपत्यका भन्दा पनि बाहिर सवारीको विक्री बढेको छ । गाउँमा मोटरबाटो बन्ने क्रम बढेकोले उपत्यका भन्दा बाहिर सवारीको विक्री बढेको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL