Logo

दशैमा नेटटिभीको उपहार, चाडपर्वको लहर–एकमा एक अफर

दशैमा नेटटिभीको उपहार, चाडपर्वको लहर–एकमा एक अफर



काठमाडौं । लाइभ टेलिभिजन एप नेटटिभीले ‘चाडपर्वको लहर नेटटिभीको एकमा एक अफर’ योजना सार्वजनिक गरेको छ ।
विशेष अवसरमा विशेष र आकर्षक योजनामार्फत आफ्ना ग्राहकहरुलाई सुविधा दिइरहेको नेट टिभीले ‘चाडपर्वको लहर नेटटिभीको एकमा एक अफर’ योजना ल्याएको हो ।

नेट टिभीले ल्याएको उक्त अफरमा एक महिनाको प्रिमियम प्याकको खरीदमा अर्को एक महिना सित्तैमा टिभी हेर्न पाउने भएको छ ।
यसपालीको दशैँ उमङ्ग, नेटटिभी एपमा मुवी मजा संग’ भन्ने मुल नाराका साथ नेटटिभीले मोबाइल फोनमा नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य टेलिभिजनहरु प्रत्यक्ष हेर्न सकिने जानकारी दिएको छ ।

त्यस्तै नेटटिभीले दशैंको अवसर पारेर नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरु प्रदर्शन गराउने भएको छ । २४ रुपैयाँ ९९ पैसामा ग्राहकले निशुल्क चलचित्रहरु हेर्न पाउने नेटटिभीले जानकारी दिएको छ ।

साथै यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीत लगायत १ सय ५० च्यानलहरु हेर्न सकिनेछ । नेटटिभी न्यू आइटी भेञ्चरले सार्वजनिक गरेको हो ।
न्युआइटी भेञ्चर कर्पोरेशनले टेलीकोस, आईएसपी, आतिथ्य र प्रसारणकर्ताको इन्ड टु इन्ड आईपीटीभी र ओटीटीको साथै मोबाइल टिभीको प्लेट फर्म प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL