Logo

नाट्टाको अध्यक्षमा सिएन पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा सिएन पाण्डे निर्वाचित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन् । पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी दीपेन्द्रकुमार शर्मालाई ६ मतले पराजित गर्दै अध्यक्ष भएका हुन् ।

नाट्टाको शुक्रबार सम्पन्न ५१औँ साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । नाट्टाको कुल ४ सय ६७ मतमध्ये ४ सय २० मत खसेको थियो । जसमा पाण्डेले २ सय १२ र शर्माले २ सय ६ मत प्राप्त गरेका थिए ।

यसैगरी प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाईं, द्वितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा रमेश थापा र सचिवमा सविता भट्टराई निर्वाचित भइन । नाट्टाको कोषाध्यक्ष रामप्रसाद श्रेष्ठ र सहकोषाध्यक्षा सुरेन्द्र भट्टराई निर्वाचित भएका छन् ।

सदस्यमा सुदर्शन नेपाल, फुरी ग्याल्जेङ शेर्पा, देवकी गुरुङ, अमृतकुमार ढकाल, राजु ढकाल, रमेश पौडेल, इनु थापा र गीता ढकाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL